काठमाडौं । संघीय सांसद हितबहादुर तामाङले असार २४ गतेको बाढी र पहिरोले नुवाकोट जिल्लाभरका सडकहरु भत्किएका र बत्तिका पोलहरु ढलेर यातायात तथा बिजुली एवम् सञ्चार अवरुद्ध भएकोले त्यसलाई तत्काल पुन: सञ्चालनमा ल्याउन माग गर्नुभएको छ ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा धारणा राख्नु हुँदै सांसद तामाङले बाढी र पहिरोले बगाएको खेतबारी र बालीको क्षतिपूर्तिको व्यवस्था गर्न र अभावग्रस्त घर परिवारलाई राहतको व्यवस्था गर्न पनि सरकारसँग माग गर्नुभयो ।
त्यस्तै बस्ती स्थानन्तरण गर्नुपर्ने, भूगर्भशास्त्री खटाएर बस्ती निरीक्षण गरी बस्न योग्य अयोग्य निधो गर्नुपर्ने, जोखिम न्युनिकरणका लागि आवश्यक योजना तथा कार्यक्रम निर्माण गर्न र पुनर्निर्माण कार्यक्रम बनाउन पनि उहाँले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
नुवाकोटमा अस्ति साउन २४ गते राति गएको बाढी तथा पहिरोको कारणले भौतिक पुर्वाधार र खेतबारी एवम् धानबालीको ठुलो मात्रामा क्षति पुर्याएको छ । जुन निम्न अनुसार छन् ।
१.काठमाडौबाट त्रिशूली जाने टोखा छहरे सडकमा पर्ने ढिकुरे पक्की पुल क्षति ।
२.पञ्चकन्या –२ र तादी५ जोड्ने आप्रह पक्की पुल क्षति ।
३ तादी–४ र पञ्चकन्या –४जोड्ने सातविसे पक्की पुल क्षति ।
४.तादी–४र दुप्चेश्वर–५ जोड्ने भ्याङले पक्की पुल र सोही स्थानमा निर्मणाधिन अवस्थामा रहेको बुद्ध भुमि हाइड्रोपावर लाई क्षति पुर्याएको छ ।
५.दुप्चेश्वर–५ र ६जोड्ने चन्ऽवती खोलाको निर्माधिन पक्की पुल क्षति ।
६.दुप्चेश्वर–स्थित समुन्ऽटार बजार पुरै अतिजोखिमा परेको छ ।
७.दुप्चेश्वर–वडा न.२ बेप्चो गेडेगाउा केही घर गोठ र खेतबारीमा क्षति, वडा न.३ राउतबेसी कैकेश्वरी मावि र वारीपारीको खेतबारी र धान तथा मकै बाली क्षति , वडा न.४मा ३५/४०घर जोखिममा रहेको र खेतबारी बगाएको अवस्थामा छ। त्यसैगरी वडा न.६ को मेघेको बगर खेतलाई बगाएको छ भने ढाडाखर्क नौविसे स्थीत यमलाल तामाङको घर एवम् आसपासमा सडक तथा बस्ति जोखिमपूर्ण अवस्थामा छ ।
८.सुर्यगढी गापा वडान.१ बुलबुले काउले सेम्राङमा जमिन चर्किएर १५०घर र सानो भोर्लेमा १५०घर जोखिममा परेको छ ।
९. शिवपुरी गापा वडा न.१को बिम डााडा, वडा न.३को मजुवा र वडा न.५जेब्राङ घ्याङ र वडा न.६ गुर्जे र अर्खौले पहिरोले ठुलो मात्रामा क्षति पुर्याएको छ र गाउा बस्तीमा जोखिम बढाएको छ ।
१०.ककनी गापामा वडा न.१देखि वडा न.८सम्मका सबै वडामा गरि ३७घरधुरी र ५० ओ रोपनी खेतबारीलाई छ।
११.पासाङ हृलामु सडकको बेत्रावती खण्डको तिरतिरे भिरको पहिरोले यातायात अवरुद्ध हुने गरेको छ ।
१२. जिल्ला भरिनै सडकहरु भत्कीएका छन् बत्तिका पोलहरु डलेका छन् । र यातायात तथा बिजुली एवम् सञ्चार अवरुद्ध अवस्थामा छ ।
१३.बस्ति स्थानन्तरण गर्नुपर्ने, Geologist खटाएर बस्ती निरिक्षण गरी बस्न योग्य अयोग्य निधो गर्नुपर्ने, जोखिम न्युनिकरणको लागि आवश्यक योजना तथा कार्यक्रम निर्माण गर्न, पुर्ननिर्माणको कार्यक्रम बनाउन बगाएको खेतबारी र बालीको क्षतिपूर्तिको व्यवस्था गर्न साथै अभाव ग्रस्त घर परिवारलाई राहतको व्यवस्था गर्न सम्माननिय सभामुख मार्फत नेपाल सरकार र संवन्धीत निकायहरु गम्भीर ध्यानाकर्षण गराउदछु ।